पहिरोको कारण वीपी राजमार्ग र मध्यपहाडी लोकमार्गमा यातायात ठप्प
काठमाडौं । लगतारको वर्षसँगै विभिन्न स्थानमा खसेको पहिरोको कारण वीपी राजमार्ग र मध्यपहाडी लोकमार्गमा यातायात ठप्प भएको छ ।
बिहीबार राति वीपी रार्जमार्गको गोलन्जोर र सुनकोशी गाउँपालिकाक्षेत्रमा पहिरो खसेपछि यातायात ठप्प भएको हो । यसैबीच माथिबाट खसेको पहिरोका कारण गोलन्जोर गाउँपालिकाअन्तर्गत मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको हो ।
यस्तै सुनकोशी गाउँपालिका–१ कमरेमा पनि पहिरोका कारण विपी राजमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि अहिले पहिरो पन्छाउने तयारी भइरहेको छ । राजमार्ग अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका यात्रु बीचमै अलपत्र परेका छन् ।
प्रकाशित मितिः २०७६ असार २७ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
