पश्चिमका नदीमा बाढीको सम्भावनाः सतर्क रहन आग्रह

भक्तपुर न्यूज

१५ असार २०७६ ३:५५

पश्चिमका नदीमा बाढीको सम्भावनाः सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी क्षेत्रमा आइतबार बिहानैदेखि वर्षा भइरहेको हुँदा नदी तथा खोलाहरुमा पानीको बहाव बढ्न सक्ने भएकोले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रदेश ४ को पश्चिमी भूभाग, प्रदेश ५, सुदूरपश्चिम र कर्णाली प्रदेश आसपासका क्षेत्रमा पानी पर्ने क्रम अहिले पनि जारी रहेकोले नदी तथा खोलानालामा बाढी आउने सक्ने सम्भावना छ ।

त्यसैले सो आसपासका बासिन्दालाई सुरक्षित रहन भन्दै राष्ट्रिय आपतकालिन उद्धार केन्द्रले सूचना जारी गरेको छ ।

विशेष गरी पश्चिमका राप्ती, बबई, कर्णाली र मोहना नदी आसपासका बासिन्दाले सामान्य सतर्कता अपनाउनु पर्ने देखिएको सूचनामा उल्लेख छ ।

प्रकाशित मितिः २०७६ असार १५ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *