मनसुनी गतिविधि देशभर बिस्तारै थप सक्रिय

भक्तपुर न्यूज

१५ असार २०७६ २:४६

मनसुनी गतिविधि देशभर बिस्तारै थप सक्रिय

काठमाडौं । मनसुनी गतिविधि देशभर बिस्तारै थप सक्रिय हुँदै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वदेखि पश्चिमसम्मै मनसुनी गतिविधि थप सक्रिय हुँदै गएको र यसको गति बिस्तारै बढ्दै जाने मौसमविदले जनाएका छन् । पश्चिमका क्षेत्रमा पनि मनसुनी पानी पर्न थालेको छ ।

आइतबार देशभरको मौसम सामान्य बदली हुने र केही स्थानमा हल्कादेखि मध्य पानी पर्ने सम्भावना रहेको छ । पूर्व, मध्य र पश्चिमका केही क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना पनि छ । विशेषगरी पश्चिम र पूर्वका एक–दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताए ।

प्रकाशित मितिः २०७६ असार १५ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *