जीप दुर्घटना एकको मृत्यु, २ घाइते

भक्तपुर न्यूज

१२ असार २०७६ ६:३४

जीप दुर्घटना  एकको मृत्यु, २ घाइते

काठमाडौं । अर्घाखाँचीमा जीप दुर्घटनाहुँदा एकको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । जिल्लाको सन्धिखर्क १० पोखेडाँडामा जीप दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा सन्धिखर्क–९ नौलापानीका ७० वर्षीय बोमबहादुर खत्री रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक मालारानी–७ बामरुकका ३५ वर्षीय बिष्णु बस्नेत र सन्धिखर्क–९ का २० वर्षीय अनिल जीसी घाइते भएका हुन् ।

नौलापानीबाट सन्धिखर्क आउँदै गरेको लु १ च ९४७७ नम्बरको जीप सन्धिखर्क १० पोखेडाँडाको ओरालोमा बिहीबार बिहान दुर्घटनामा परेको हो । घाईते दुबै जनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ ।
प्रकाशित मितिः २०७६ असार १२ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *