आज एसईईको नतिजा प्रकाशन नहुने
भक्तपुरः राष्ट्रिय परीक्षा बोर्डले २०७५ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज प्रकाशन नगर्ने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको बैठक हालसम्म नबोलाइएको तथा अन्तिम रुजु र क्रस चेकिङको काम भइरहेकाले आज नतिजा प्रकाशन नहुने बोर्डले जनाएको छ ।
बोर्डले निर्णय गरेपछि सम्भवतः भोलि परीक्षाको नतिजा सार्वजनिक हुने स्रोतले जनाएको छ ।
विगतमा जेठ मसान्तदेखि असार एक/दुई गतेभित्रै एसइईको नतिजा प्रकाशन हुने गरेको थियो । तर, यसपटक भने प्रदेश २ मा प्रश्नपत्र बाहिरिएर पुनः परीक्षा सञ्चालन गर्नुपर्दा र जनशक्ति अभावले नतिजा प्रकाशन गर्न ढिला भएको परीक्षा बोर्डको भनाई छ ।
गत चैत १० गतेबाट सुरु भएको एसईई परीक्षामा नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ र विगतको आंशिक गरी जम्मा चार लाख ७५ हजार परीक्षार्थी सहभागी भएका छन् ।
प्रकाशित मितिः २०७६ असार ११ बुधबार