डेंगु परीक्षण कीटमा बढी मूल्य लिनेलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

भक्तपुर न्यूज

२ असार २०७६ ८:५१

डेंगु परीक्षण कीटमा बढी मूल्य लिनेलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु परीक्षणमा प्रयोग हुने टेस्ट कीटमा बढी मूल्य लिएको पाइएमा कालाबजारीको कसुरमा कारबाही गर्ने चेतावनी दिएको छ।

केही समयदेखि पूर्वी नेपालमा फैलिएको डेंगु परीक्षणका क्रममा पूर्वका अस्पताल लगायत मेडिकल कलेजहरुले ४ सय रुपैयाँ पर्ने परीक्षण टेस्ट कीटलाई १८ सयदेखि २४ सयसम्म लिने गरेको गुनासो आएपछि स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले विज्ञप्ति जारी गरी बढी मूल्य लिइएको पाइएमा कारबाही हुने बताएका हुन्।

उनले टेस्ट कीटलाई सुपथ मूल्यमा उपलब्ध गराउन सम्बिन्धित निकायलाई निर्देशन दिएका छन्। प्रवक्ता श्रेष्ठले उक्त गुनासोमा मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै यस्तो सेवा प्रदान गर्ने निकायमा अनुगमन/सुपरीवेक्षण गर्ने गराउने व्यवस्था मिलाइएको समेत जनाएका छन्।

प्रकाशित मितिः २०७६ असार २ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *