करेन्ट लागेर एकको मृत्यु
काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका–८ स्थित गैरापाटीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा स्थानीय ६० वर्षीय रामशरण अधिकारी रहेको प्रहरीले जनाएको छ ।
सोमबार बेलुका फ्युज गएर मिलाउन भन्दै बिजुलीको ट्रान्सफर्मरमा चढेको र करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । मृतकको शव परीक्षणका लागि बनेपास्थित शीर मेमोरियल अस्पतालमा राखिएको छ ।
प्रकाशित मितिः २०७६ जेठ २८ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
