करेन्ट लागेर एकको मृत्यु

भक्तपुर न्यूज

२८ जेठ २०७६ ६:५८

करेन्ट लागेर एकको मृत्यु

काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका–८ स्थित गैरापाटीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा स्थानीय ६० वर्षीय रामशरण अधिकारी रहेको प्रहरीले जनाएको छ ।

सोमबार बेलुका फ्युज गएर मिलाउन भन्दै बिजुलीको ट्रान्सफर्मरमा चढेको र करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । मृतकको शव परीक्षणका लागि बनेपास्थित शीर मेमोरियल अस्पतालमा राखिएको छ ।

प्रकाशित मितिः २०७६ जेठ २८ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय