हुम्ला । हुम्लामा दिन दिनमा मात्रै ४ सय भन्दा बढि पर्यटक पुगेका छन् । मानसरोवर कैलाशका लागि भारतीय धार्मिक पर्यटकहरु आउन सुरु भएपछि शुक्रबार देखि आईतबार सम्म ३ दिनमा ४ सय १६ जना धार्मिक पर्यटकहरु सिमकोट पुगेका हुन् । नेपालगंञ्ज सिमकोट हुदै हिल्साको बाटो भएर मानसरोवर कैलाशको दर्शनको लागि भारतीय धार्मिक पर्यटकहरु हुम्लाको बाटो भएर आउने गर्दछन । हुम्लाको बाटो प्रयोग गर्दा सबैभन्दा छोटो र सहज हुने हुदा प्राय भारतीय धार्मीक पर्यटकहरुको रोजाई यो रुट पर्ने गरेको होटेल व्यवसायि संघ हुम्लाका अध्यक्ष मिन बहादुर लामाले बताए ।
आइतबार सम्म १ सय ९७ महिला र २१९ पुरुष गरी जम्मा ४ सय १६ जना सिमकोट पुगेका भए पनि १ सय २० पुरुष र १ सय १८ जना महिला गरी २३८ जना हेलिकप्टर मार्फत हिल्सा पुगेका गएका छन् । भने ९९ पुरुष र ७९ महिला गरी १ सय ७८ हुम्लाको सदरमुकाम सिमकोटमा रहेका छन ।
आइतबार मात्र एक दिनमा हिल्साका लागि सिमकोटबाट माउण्टेनले १२ र सुमिटले १३ उडान गरी हेलिकप्टरले २३ उडान भरेका छन् । भने नेपालगंञ्जबाट सिमकोटका लागि जहाजका १९ उडानमा १६१ जना भारतीय पर्यटकहरु जिल्लामा आएपछि हेलिकप्टरले यति धेरै उडान भरेका हुन् । अहिले सिमकोटमा माउण्टेनको १ र सुमिटको १ गरी २ हेलीकप्टर मात्र रेहेका छन् ।
बिहान देखि बेलुका सम्म हेलिकोप्टरहरुले उडान भरी रहेका छन ।अहिले पछिल्लो समयमा बिहानैबाट पर्यटकहरु जिल्लामा आउन थाले पछि सिमकोट विमानस्थल निकै व्यस्त भएको छ ।
प्रकाशित मितिः २०७६ जेठ ७ मंगलबार
Comments