काठमाडौं । भक्तपुर औद्योगिक, पर्यटन तथा व्यापार मेलामा भलिबल प्रतियोगिताको समेत आयोजना गरिएको छ । प्रतियोगिताको पहिलो खेलमा सूर्यबिनायक युवा क्लवले सिन्धुपाल्चोकको योङ स्टार क्लवलाई सोझो सेटले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।
यस्तै अर्को खेलमा एजे स्पोर्टस क्लवले सुवर्णचोक युवा क्लवलाई पराजित गरेको छ । त्यसैगरी थ्रीस्टार एकेडेमीले स्प्रिङडेल स्कुल र एनसिसि ब्वाइजलाई पराजित गर्यो भने जनप्रेमी कलेजले भक्तपुर योङ सर्कल र टिम फाइभ फिङ्गरलाई पराजित गरी दोस्रो चरणमा प्रवेश गरेको छ ।
प्रतियोगितामा १२ वटा टिमले सहभागिता जनाएको कार्यक्रम संयोजक दिपक थापाले जानकारी दिए । । प्रतियोगितामा पहिलो हुने टिमलाई नगद रु।५० हजार, दोस्रोलाई ३० हजार र तेस्रो हुने टिमलाई २० हजार पुरस्कार प्रदान गरिने आयोजकले बताएका छन् ।
प्रकाशित मितिः२०७५ चैत २५ सोमबार
Comments