काठमाडौं । मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मा कारबाहीमा परेका छन् ।
शनिबार किङ्स–११ पन्जाबबिरुद्ध खेलमा सुस्त बलिङ गरेको आरोपमा इण्डियन प्रिमिएर लिग आयोजकले रोहितलाई कारबाही गरेको हो ।
उनले १२ लाख भारु अर्थात ९१९ लाख ६० हजार जरिवाना तिनुपर्नेछ । आईसीसीको नियम अनुसार कुनै पनि टिमले २० ओभरको खेलमा बलिङ ७५ मिनेटभित्र सक्नुपर्छ ।
तर मुम्बईले पन्जाबसँगको खेलमा ७५ मिनेट भन्दा बढी समय लगाएपछि कारवाही गरीएको आयोजकले बताएको छ । एजेन्सी
प्रकाशित मितिः२०७५ चैत १८ सोमबार
Comments