काठमाडौं । आज सुनको मूल्य बढेको छ भने चाँदी स्थिर रहेको छ । बजारमा शुक्रबारको तुलनामा आइतबार सुन ४ सय रुपैयाँले बढेको हो । आज छापावाला सुन प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ६० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदी स्थिर रहँदै प्रतितोला ७ सय ४० रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ । चाँदी केही दिनदेखि स्थिर रहेको छ ।
प्रकाशित मितिः२०७५ चैत १० आइतबार
Comments