काठमाडौं । प्रधानमन्त्री निवाश बालुवाटारमा आज बिहान प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिच भेटवार्ता भएको छ ।
भेटवार्तामा पछिल्लो राजनितिक अवस्थाको कुराकानी संगै अबको कार्ययोजनालाई कसरी अगाडि भन्ने विषयमा छलफल भएको बालुवाटार श्रोतले बताएको छ ।
छलफलमा बिशेषगरी प्रदेश कमिटीमा रहने सदस्यका नामबारे पार्टीभित्र कायमै रहेको सांगठनिक विवादलाई कसरी मिलाउने लगायतका विभिन्न बिषयमा छलफल भएको छ ।
प्रकाशित मितिः २०७५ माघ ३ बिहिबार
Comments