काठमाडौं । फुटबलको दुनियाँमा पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेस्सीबीच कडा प्रतिस्पर्धा छ । उनीहरुको प्रतिस्पर्धा खेलमा मात्र नभएर विभन्न अवार्डहरु तथा फ्यान फलोइङमा पनि छ ।
दुबैले एक महत्वपूर्ण अवार्ड ‘ब्यालोन डी’ओर’ समान ५–५ पटक हात पारेका छन् भने अर्को एक महत्वपूर्ण अवार्ड गोल्डेन बुटमा भने मेस्सीले रोनाल्डोलाई पछि पारेका छन् । मेस्सीले पाँचौ पकट गोल्डेन बुटको अवार्ड हात पार्दा रोनाल्डोले चार पटक यस अवार्डबाट सम्मानित भएका छन् ।
उनीहरुबीचमा सधैं को उत्कृष्ट भन्ने विषयमा फुटबल विशेषज्ञहरु आ–आफ्नै धारणा राख्छन् । यस्तैमा इंग्लिस क्लब आर्सनलका पूर्वप्रशिक्षक आर्सेन वेंगरले रोनाल्डोभन्दा मेस्सी उत्कृष्ट खेलाडी रहेको बताएका छन् ।
आर्सेन वेंगर अहिले क्लबबिहीन छन् । आर्सनलमा करिब २२ वर्ष बिताएका उनलाई एक अन्तरवार्ताका क्रममा रोनाल्डो र मेस्सीमा को उत्कृष्ट भन्ने प्रश्नमा उनले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘मेस्सी सर्वकालिन खेलाडी हुन् । मेरो विचारमा उनी नै उत्कृष्ट हुन् ।’
प्रकाशित मितिः २०७५ पुष १० मंगलबार
Comments