काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा ले प्रदेश कमिटीले सातै प्रदेश कमिटीमा रहने सदस्यहरूको नाम नाम सार्वजनिक गरेको छ ।
१२ मंसिरमा नेकपाको सचिवालय कमिटीले टुंग्याएको नाम आज सार्वजनिक गरिएको हो । पार्टी एकताकै क्रममा अझै नेकपाले केन्द्रीय सदस्यहरूको कार्यविभाजन, जनवर्गीय संगठनहरूको एकीकरण तथा जिल्ला समितिका मुख्य नेतृत्वको चयन गर्न बाँकी छ।
प्रदेश कमिटीमा कसको कतिकति ?
प्रदेश १ । २०७ सदस्यीय कमिटीमा पूर्वएमालेबाट १ सय २२ जना र माओवादी केन्द्रबाट ८५ ।
प्रदेश २ । २१५ सदस्यीय कमिटीमा पूर्वएमालेबाट १०६ जना र माओवादीबाट १ सय ६ जना चयन भएका छन् । २ जनाको नाम भने रिक्त राखिएको छ ।
प्रदेश ३ । २१७ सदस्यीय कमिटीमा पूर्वएमालेबाट १ सय १६ र माओवादी केन्द्रबाट १ सय १ ।
गण्डकी प्रदेश ।१८७ सदस्यीय प्रदेश कमिटीमा पूर्वएमालेबाट १ सय २ र माओवादी केन्द्रबाट ८५ ।
प्रदेश ५ । २०३ सदस्यीय कमिटीमा पूर्वएमालेबाट १ सय ६ र माओवादी केन्द्रबाट ९७ ।
कर्णाली प्रदेश । १७५ सदस्यीय कमिटीमा पूर्वएमालेबाट ८७ र माओवादी केन्द्रबाट ८८ ।
सुदूरपश्चिम प्रदेश । १८३ सदस्यीय कमिटीमा पूर्वएमालेबाट १०० र माओवादी केन्द्रबाट ८३ जना सदस्य रहेका छन् ।
प्रकाशित मितिः २०७५ मंसिर १८ मंगलबार
Comments