काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले मंसिर १७ गतेको मध्यरातदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।
निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय १२ रुपैयाँ तथा डिजेल र मट्टितेल रु ९९ मा खरीद गर्न सकिनेछ ।
यसअघि पेट्रोल रु १ सय १४ तथा डिजेल र मट्टितेल प्रतिलिटर रु १ सय १ मा खरीद बिक्री हुँदै आएको थियो । निगमले जारी गरेको विज्ञप्तीका अनुसार हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।
निगमका अनुसार २०७१ सालदेखि लागू हुँदै आएको स्वचालित मूल्य संरचनाअनुसार भारतीय आयल निगमबाट प्राप्त मूल्य सूचीका आधारमा मूल्य घटाइएको हो ।
प्रकाशित मितिः २०७५ मंसिर १८ मंगलबार
Comments