काठमाडौं । इंग्लिस क्लब चेल्सी तथा बेल्जियमको राष्ट्रिय टोलीका कप्तानसमेत रहेका इडेन हाजार्डले केही समयअघि मात्रै यसपटक बालोन डि‘ओर अवार्ड रियल मड्रिडका लुका मोड्रिकल जित्ने बताएका थिए । तर, त्यसको करिब डेढ महिनापछि नै उनले कुरा फेरेका छन् ।
उनले अहिले आएर बालोन डि‘ओर मोड्रिकले नभई फ्रान्स तथा पिएसजीका केलियन एमबाप्पेले जित्ने दाबी गरेका छन् । उनले रसिया विश्वकपपछि मोड्रिकले उत्कृष्ट खेल्न नसकेको बताउँदै उको दाबेदारी अब कमजोर हुँदै गएको बताएका हुन् ।
‘मेरो विचारमा यसपटक धेरै खेलाडी बालोन डि‘ओर अवार्डको दाबेदार छन्,’ हाजार्डले भने, ‘मलाई लाग्छ, यसपालिको अवार्ड मोड्रिकले नभएर एमबाप्पले जित्नुपर्छ ।’
हाजार्डले रसिया विश्वकपमा उत्कृष्ट खेलेको र त्यसपछि एमबाप्पेले लय कायमै राखेको बताउँदै प्रमुख दाबेदार उनै रहेको बताए ।
अर्को प्रसंगमा हाजार्डले आफूले पनि यसपटक सकेको राम्रो गरेको बताए । ‘मरो लागि यो वर्ष सबल रह्यो । तर, यसको अर्थ मैले बालोन डि‘ओर जित्नुपर्छ भन्ने होइन,’ हाजार्डले भने ।
हाजार्डले यो सिजन प्रिमियर लिगमा चेल्सीका लागि ८ खेलबाट ७ गोल गरेका छन् । उनले ४ गोलका लागि पास मिलाएका छन् । एजेन्सी
प्रकाशित मितिः २०७५ मंसिर ३ सोमबार
Comments