भक्तपुर । सोमबार चाँगुनारायण नगरपालिकामा दुई घर चोरी भएको छ ।
सोमबार दिउँसो चाँगुनारायण नगरपालिका–४ खनालगाँउका रामशरण पण्डितको घर र चागुँनारायण नगरपालिका–९ ताथलीका विक्रम केसीको घर चोरी भएको हो ।
पण्डितको घरबाट करिब २ लाख ५० हजार रुपैयाँ बराबरको नगद तथा सुनका बिभिन्न गरगहना चोरी भएको प्रहरीले जनाएको छ ।
यसैगरी केसीको घरबाट करिब ७ लाख ३७ हजार रुपैयाँ बराबरको नगद तथा सुनका बिभिन्न गरगहना चोरी भएको छ ।
चोरी भएको थाहा पाएपछि प्रहरीले खोजी र अनुसन्धान कार्य जारी राखेको बताएको छ ।
प्रकाशित मितिः २०७५ कार्तिक २७ मंगलबार
Comments