काठमाडौ ४ साउन । नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृतमा चन्द्र सिंह साउदको पुनर्बहाली भएको छ। ओली नेतृत्त्वको सरकारको खारेजीमा परेका साउदले साउन १ देखि नै नेप्सेको प्रमुख कार्यकारीमा पुनर्बहाली गरेको नेप्सेले जनाएको छ।
असार २० गते को मन्त्रिपरिषद्को बैठकले पूववर्ति देउवा सरकारले निर्वाचन आचार संहिता लागू भएदेखि केपी ओली नेतृत्वको सरकार गठन हुँदासम्मका सवै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेपछी साउद खारेजीमा परेका थिए।
बर्खास्तीमा परेपछि साउदले सरकारको निर्णय बिरुद्द अदालतमा उजुरी दिएका थिए। आफुलाई गैरकानुनी ढंगले हटाइएको भन्दै साउदले पुनर्बहालीको माग गर्दै दायर गरेको रिटमा सर्वोच्चले उनको पक्षमा निर्णय सुनाएको थियो। पूर्ववर्ती देउवा नेतृत्त्वको सरकारले गत असोज २३ गते साउदलाई ४ बर्षका लागि नेप्सेको महाप्रबन्धकमा नियुक्त गरेको थियो।
Comments