१६ जेठ । पूर्व विजेता मारिया सारापोभा र अमेरीकी खेलाडी सेरेना विलियम्स फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् । गएराति भएका खेलमा डच टेनिस खेलाडी रिचेल होजिनकाम्पलाई हराउँदै सारापोभा तथा सेरेनाले क्रिस्टेना प्लिेस्कोभालाई सहज रुपमा पराजित गर्दै दोस्रो चरणमा पुगेका हुन् ।
पेरिसस्थित रोलान्ड गार्रोसमा भएको खेलमा सारापोभाले रिचेललाई ६–१, ४–६ र ६–३ को सेटमा पराजित गर्दै दोस्रो चरणमा पुगेकी हुन् । सेरेनाले प्लिेस्कोभालाई ७–६(७–४) र ६–४ को सेटमा पराजित गर्दै दोस्रो चरणमा पुगेकी हुन् ।
सारापोभा र सेरेना फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा
0
Share.
Comments