दाङ, ६ जेठ । दाङको राप्ती गाउँपालिका वडा नं २ को लालमटियामा पूर्वबाट पश्चिमतर्फ गइरहेको लु १ ख ९५०६ नंको ट्रकको ठक्करबाट आज बिहान एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा प्यूठानको सरुमारानी गाउँपालिका वडा नं २ दर्भान निवासी आठ वर्षीय गौतम बुढाथोकी रहेको प्रहरीले जनाएको छ ।
आदर्श नमूना मावि लालमटियामा कक्षा ४ मा अध्ययनरत उनलाई सडक पार गर्ने क्रममा ट्रकले ठक्कर दिएको थियो । ठक्कर दिने गाडी र चालकलाई भालुवाङ प्रहरीले नियन्त्रणमा लिएको छ ।
Comments