२१ बैशाख । एथ्लेटिको मड्रिड युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । गएराति घरेलु मैदानमा भएको च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगमा एथ्लेटिको मड्रिडले आर्सनललाई १–० गोलले हराउँदै समग्रमा २–१ गोलको अग्रताका साथ फाइनलमा प्रवेश गरेको हो ।
पहिलो लेगमा १–१ को बराबरीमा सकिएकोमा दोस्रो लेगमा एथ्लेटिको का लागि चेल्सीका पूर्व स्ट्राइकर डिएगो कोस्टाले निर्णायक गोल गरे ।
सन् २०१६ को च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिडसँग पराजित भएपछि एथ्लेटिको पहिलो पटक युरोपियन फुटबल प्रतियोगिताको फाइनलमा पुगेको हो ।
यसैगरी, मार्सेलीले साल्जवर्गलाई समग्रमा ३–२ गोल अन्तरले हराएर फाइनलमा प्रवेश गरेको छ । गएराति नै भएको सेमिफाइनलको दोस्रो लेगमा १० खेलाडीमा सिमित साल्जवर्गसँग २–१ ले पराजित भए पनि पहिलो लेगको जितले मार्सेली फाइनलमा पुगेको हो । पहिलो लेगमा २–० गोलले मार्सेली विजयी भएको थियो ।
अब उपाधिको लागि एथ्लेटिकोले फ्रेन्च क्लब मार्सेलीसँग खेल्ने छ । फाइनल खेल मे १६ मा लियोनमा हुनेछ ।
युरोपा लिगको उपाधिका लागि एथ्लेटिको र मार्सेली भिड्ने
0
Share.
Comments