काठमाण्डौ, ६ बैशाख । एमाले सम्वद्ध युवा संघ नेपालको नयाँ नेतृत्वमा रमेश पौडेल चयन भएका छन् । आज बिहान सम्पन्न संघको बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको हो ।
अध्यक्ष राजीव पहारीले राजीनामा दिएपछि नयाँ नेतृत्व चयनको ढोका खुलेको थियो । पहारी प्रदेश नं ४ मा प्रदेश सदस्यमा निर्वाचित भएपछि राजीनामा दिएका हुन् ।
संघको उपाध्यक्षमा ७ जना चयन भएका छन् । जसमा किरण पौडेल, हस्त शाही, क्रान्ति बुर्लाकोटी, पर्शुराम बस्नेत, गोविन्द थापा, चन्द्र लामा र प्रभात कटुवाल रहेका छन् ।
यसअघि सचिव रहेका नरेश शाही महासचिव बनेका छन् । यस्तै १३ जना सचिव चयन भएका छन् । जसमा बच्चन सिंह, माधव बास्तोला दीपक जिएम, अन्जना अधिकारी, उर्मिला सुनुवार, राजु कार्की, पूर्ण लामा, सुरेन्द्रमान कार्की, ध्रुब यादव, क्षितिज थेवे, राजेश शाह, सन्तोष रावल र हिमाल लिम्बु रहेका छन् ।
यस्तै कोषाध्यक्षमा अमित लामा चुनिएका छन् भने अनुशासन आयोगको अध्यक्षमा गजेन्द्र शाही, लेखा आयोगको अध्यक्षमा दामोदर दंगाल र केन्द्रीय कार्यालय विभाग प्रमुखमा सुमन पुरी चयन भएका छन् ।
युवा संघको नेतृत्वमा पौडेल चयन
0
Share.
Comments