भक्तपुर, ४ बैशाख । बिस्केट जात्राको आठौं दिन आज भक्तपुरमा द्यो स्वगं बिएगु पुजा (सगुन पुजा) मनाईदैे छ । आज बिहानैदेखि भक्तपुरका विभिन्न धिमे बाजा, बाँसुरी बाजा र भजन खलःहरुले नगरका शक्तिपिठ तथा देवी देवताहरुको परिक्रमा गरी सगुन जात्रा मनाईएको हो ।
जात्राका क्रममा स्थानीय महिला तथा पुरुष परम्परागत नेवारी पोशाक हाकु पटासी र दाउरा सुरुवालमा सजिएर जात्रामा सहभागी भएका छन् । द्यो स्वगं बिएगु पुजा (सगुन पुजा)को लागि हिजो देवी देवताहरुलाई सगुन पुजा गर्न आ–आफ्ना द्यो छें (देव घर)बाट निकाली चोक तथा डवलीमा राखिएको थियो । जात्राका क्रममा सहभागीहरुले ती देवी देवताहरुलाई आ–आफ्ना गच्छे अनुसारका परिकार चढाउने गरिन्छ ।
यो पुजा प्राचिन कालदेखि नै संचालन हुँदै आएको इतिहासमा उल्लेख रहेको पाईन्छ । बिस्केट जात्राका क्रममा विध्न बाधा वा केही भुलचुक भए माफ पाउँ भन्ने उद्देश्यका साथ शक्तिशाली देवीदेवताहरुको पुजा गर्ने प्रचलनलाई सगुन जात्राको रुपमा लिने गरेको भाषा वंशावलीमा समेत उल्लेख रहेको छ ।
द्यो स्वगं पुजा (सगुन पुजा) मनाईदैे
0
Share.
Comments