२३ फागुन । पोर्चुगिज क्लब पोर्तोलाई हराउँदै लिभरपुल च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा पुगेको छ । एन्फिल्डमा भएको दोस्रो लेग गोलरहित बराबरीमा टुंगिएपछि लिभरपुलले पोर्तोमाथि समग्रमा ५–० को जित हात पारी लिगको क्वार्टर फाइनलमा पुगेको हो ।
लिभरपुलले पोर्टोकै घरेलु मैदानमा पहिलो लेगमा ५–० ले जितेको थियो ।
लिभरपुल सन् २००९ पछि पहिलो पटक च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा पुगेको हो । (एजेन्सी)
लिभरपुल क्वार्टर फाइनलमा
0
Share.
Comments