एजेन्सी, १८ माघ । फ्रान्सको नकआउट फुटबल प्रतियोगिता फ्रेन्च लिग कपको उपाधीका लागि मोनाको र पेरिस सेन्ट जर्मन (पीएसजी) भिड्ने भएका छन् ।
गएराती भएको दोस्रो सेमिफाइनलमा मोन्टपिलरलाई २–० गोल अन्तरले हराउँदै मोनाकोले फाइनल यात्रा तय गरेको हो । यसअघि गएराती नै भएको पहिलो सेमिफाइनलमा रिनलाई ३–२ गोल अन्तरले हराउँदै पिएसजी फाइनलमा पुगेको थियो ।
मोनाको र पिएसजीबीचको फाइनल खेल आगामी मार्च ३१ तारिखमा हुनेछ । गएको संस्करणको फाइनलमा पनि यी दुवै टोली भिडेकोमा पिएसजी ४–१ गोलले विजयी हुँदै सातौं पटक प्रतियोगिताको उपाधी जितेको थियो ।
उपाधीका लागि मोनाको र पीएसजी भिड्ने
0
Share.
Comments