एजेन्सी, ८ माघ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले फराकिलो जित हात पारेको छ । गएराती भएकोे खेलमा रियल मड्रिडले डिपोर्टिभो ला कोरुनालाई ७–१ ले हराएको हो ।
रियल मड्रिडका लागि क्रिष्टियानो रोनाल्डो, नाचो र ग्यारेथ बेलले २–२ तथा लुका मोड्रिचले १ गोल गरे । डिपोर्टिभोका लागि लाकुरानाले एक गोल गरे ।
यस जितसँगै रियलको १९ खेलमा ३५ अंक रहेको छ । रियल तालिकाको चौथो स्थानमा यथावत् नै रहेको छ ।
रियल मड्रिडले गर्यो गोलको वर्षा
0
Share.
Comments