एजेन्सी, ३ माघ । लेष्टर सिटी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । गएराति भएको तेस्रो चरणको रिप्ले खेलमा फेल्टवुड टाउनलाई २ – ० ले पराजित गर्दै लेष्टर प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेको हो ।
लेस्टरका लागि केलिची इहिनाचोले ४३ औँ मिनेटमा र ७७ औँ मिनेटमा गरी दुई गोल गरे ।
तेस्रो चरणको पहिलो खेल गोलरहित बराबरीमा सकिए पछि दुई टोलीले रिप्ले खेल खेलेको हो । अब लेष्टरले चौथो चरणमा पिटरब्रोसँग जनवरी २७ मा खेल्ने छ ।
राति नै भएका अरु रिप्लेमा कार्डिफले म्यानस्फिल्डलाई ४–१, सेफिल वेइनस्डेले कारलिस्लेलाई २–०, वेष्ट ह्यामले श्रीस्बुरीलाई १–० तथा रिडिङले स्टेवेनागेलाई ३–० ले हराएर चौथो चरणमा स्थान पक्का गरेका छन् ।
लेष्टर सिटी एफए कपको चौथो चरणमा
0
Share.
Comments