काठमाडौं, ११ पुस । इङ्गलिस प्रिमियर लिग फुटबलअन्तर्गत आज ९ खेल हुँदैछ । बक्सिङ डे म्याच भनेर चिनिने आजको खेलमा शीर्ष स्थानको म्यान्चेस्टर सिटीले न्युकासल युनाईटेडको सामना गर्नेछ । यसैगरी दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडले बर्नलीसँग खेल्दा तेस्रो स्थानको चेल्सीको भेट ब्राईटनसँग हुनेछ ।
आजै लिभरपूल र स्वान्सी सिटी, टोटनह्याम हट्सपर र साउथह्याम्पटन, वाट्फोर्ड र लेष्टर सिटी, बर्नमाउथ र वेष्ट ह्याम युनाईटेड, हडर्सफिल्ड टाउन र स्टोक सिटी तथा वेष्ट ब्रोम र एभर्टनबीच खेल हुनेछ । आर्सनलले भने भोलि राती क्रिष्टल प्यालेससँग उसैको मैदानमा खेल्नेछ ।
प्रिमियर लिगमा आज ९ खेल हुँदै
0
Share.
Comments