सुनसरीको मुसहर बस्तीमा आगलागी हुँदा २५ घर जले
इनरुवा, ११ मंसिर । सुनसरीको भोक्राहा गाउँपालिका– ६ नरसिंहस्थित मुसहरी बस्तीमा हिजो साँझ आगलागी भएको छ । स्थानीय कालु ऋषिदेवको घरबाट लागेको आगलागीबाट २५ घर जलेको प्रहरीले जनाएको छ ।
आगलागीबाट २५ परिवारको घर, धनमाल, लत्ताकपडा, जिन्सी, फर्निचरका सामग्री जलेर नष्ट हुँदा करिब रु ५० लाख मूल्य बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिए ।
आगलागीलाई इनरुवा र इटहरीबाट गएको बारुण यन्त्रले नियन्त्रणमा लिएको स्थानीय सन्तोष यादवले जानकारी दिए । मुसहर बस्तीमा आगलागी भएपछि हातमुख जोड्न समस्या भएकाले विभिन्न दलका नेता तथा कार्यकर्ता सो क्षेत्रमा राहत प्रदान गर्न पुगेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५