‘माई लभ’को ‘सानु माया’ गीत सार्वजनिक
काठमाडौं, ८ मंसिर । चलचित्र ‘माई लभ’को गीत सार्वजनिक भएको छ । नेपालमा २०७२ साल वैशाख १२ गते गएको महाविनाशकारी भूकम्पको समयमा सुरक्षाकर्मी र उद्दारकर्मीहरुले खेलेको प्रशंसनीय भूमिकामा आधारित भएर निर्माण भएको फिल्म ‘माई लभ’को ‘सानु माया’ बोलको गीत सार्वजनिक भएको हो ।
‘सानु माया’ बोलको गीतमा गणेश लामा र शितल श्रेष्ठको नृत्य रहेको छ । रामचन्द्र काफ्ले र मीना सिंहको स्वर रहेको गीतमा दीप तुलाधरको संगीत तथा रमेश कोईरालाका शब्द छन् ।
यो चलचित्र यही मंसीर २९ गतेदेखि काठमाडौं उपत्यकासहित देशभरका मल्टिप्लेक्सहरुमा प्रदर्शन हुँदैछ । जापानी निर्देशक डा. तोसिआकी इतोहले निर्देशन गरेको यस चलचित्रमा बैशाख १२ गते गएको भुकम्पको सेरोफेरो र भूकम्पका बेलमा मानिसका देखिएका संवेदना र माया प्रेमलाई समेटिएको छ ।
फिल्ममा गणेश लामा, नव(कलाकार शितल श्रेष्ठ, जापानी अभिनेत्री रिवन मित्सुतानीको मूख्य भूमिका रहेको छ । यस्तै, नेपाली कलाकारहरु चैत्यदेवी सिंह, चाँदनी लामा, राजु भुजु, मञ्जु श्रेष्ठ र जापानी कलाकारहरु युइची हायाता, शुतारो मत्सुदा, काजुतोशी थासाका, ताक् मियामोतोको समेत अभिनय हेर्न पाइनेछ ।