तीन दिनका लागि रसुवागढी नाका बन्द
रसुवा, ८ मंसिर । मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि गएराति १२ बजेदेखि रसुवागढी सीमानाका बन्द भएको छ । मतदान हुनुभन्दा ७२ घण्टा अगाडि नै सीमा नाका बन्द गर्नु पर्ने भएकाले हिजो राति १२ देखि मंसिर १० गते राति १२ बजेसम्म रसुवागढी बन्द हुने रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए ।
चुनावको समयमा नाकाबाट बाहिरी मान्छेको आगमन भएर सुरक्षा चुनौती थपिने भएकाले नाका बन्द गरिएको उनले बताए । नाका बन्द भएपछि नेपाल आउने तयारीमा रहेका र चीन जाने तयारीमा रहेका चार सय भन्दा बढी कन्टेनर रोकिएका छन् ।
नाका बन्द सुरु भएपछि सवारी साधन तथा मानिसको आवतजावत पुरै रोकिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
