तीन दिनका लागि रसुवागढी नाका बन्द
रसुवा, ८ मंसिर । मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि गएराति १२ बजेदेखि रसुवागढी सीमानाका बन्द भएको छ । मतदान हुनुभन्दा ७२ घण्टा अगाडि नै सीमा नाका बन्द गर्नु पर्ने भएकाले हिजो राति १२ देखि मंसिर १० गते राति १२ बजेसम्म रसुवागढी बन्द हुने रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए ।
चुनावको समयमा नाकाबाट बाहिरी मान्छेको आगमन भएर सुरक्षा चुनौती थपिने भएकाले नाका बन्द गरिएको उनले बताए । नाका बन्द भएपछि नेपाल आउने तयारीमा रहेका र चीन जाने तयारीमा रहेका चार सय भन्दा बढी कन्टेनर रोकिएका छन् ।
नाका बन्द सुरु भएपछि सवारी साधन तथा मानिसको आवतजावत पुरै रोकिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३० जेठ २०८२ ८:१३
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित
३० जेठ २०८२ ८:१९
इजरायलले गर्यो इरानमाथि आक्रमण, आपत्कालको घोषणा
३० जेठ २०८२ ८:१७
आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा !
३० जेठ २०८२ ८:०६