पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन

भक्तपुर न्यूज

२५ कार्तिक २०७४ ८:५७

पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन

काठमाडौं, २५ कात्तिक । नेपालका वरिष्ठ राजनीतिज्ञ एवं पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको शनिबार आफ्नै निवासमा निधन भएको छ । ९० वर्षीय बिष्ट लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । शनिबार बिहान साढे १० बजे काठमाडौंको ज्ञानेश्वरस्थित आफ्नै निवासमा बिष्टको निधन भएको परिवारिक स्रोतले जानकारी दिएको छ ।

२ माघ १९८३ मा काठमाडौंको ठमेलमा जन्मेका विष्ट तीनपटक प्रधानमन्त्री र एकपटक मन्त्रिपरिषद्का उपाध्यक्ष भएका थिए । बिष्ट करिब एक वर्षदेखि बेडमै आराम गरिरहेका थिए । उनी २५ चैत देखि ३१ चैत २६ सम्म पहिलोपटक प्रधानमन्त्री बनेका थिए । १ वैशाख २८ देखि १ साउन ३० सम्म दोस्रोपटक र ३ वैशाख देखि १६ जेठ ०३६ सम्म तेस्रोपटक प्रधानमन्त्री बनेका थिए ।

दोस्रोपटक प्रधानमन्त्री रहेको समयमा २५ असार ३० सालमा सिंहदरबार आगलागी भएपछि नैतिकताका आधारमा राजीनामा दिएका उनलाई सोही कारण नैतिकवान नेताका रुपमा चिनिने गरेको छ । १९ माघ ०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछि उनी मन्त्रिपरिषद्का उपाध्यक्ष बनाइएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *