जिप र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
बाँके, २३ कार्तिक । नेपालगञ्जमा गएराति जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । यस्तै दुर्घटनामा परी एकजना घाइते भएका छन् ।
नेपालगञ्जको कारकाँदो चोक नजिकै भे १ ज ७२८ नम्बरको जिपमा भे ६ प ३९६ नम्बरको मोटरसाइकल ठोक्किँदा बाँके जिल्ला कोहलपुर नगरपालिका–३ किरणनालाका ४२ वर्षीय टोपबहादुर बस्नेतको मृत्यु भएको हो ।
सडक पार गर्दै गरेको गाडीमा मोटरसाइकल ठोक्किएर मोटरसाइकलमा पछाडी सवार बस्नेत गम्भीर घाइते भई नर्सिङहोममा उपचारको क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मोटरसाइकल चालक बर्दिया बढैयाताल–१ का ३३ वर्षीय पूर्णबहादुर विसी घाइते भएका छन् । उनको नर्सिङहोम नेपालगञ्जमा उपचार भइरहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
