निगम जग्गा खरिद प्रकरणः अख्तियार स्थलगत अनुसन्धानमा

भक्तपुर न्यूज

१६ कार्तिक २०७४ १:५२

निगम जग्गा खरिद प्रकरणः अख्तियार स्थलगत अनुसन्धानमा

काठमाडौं, १६ कात्तिक । नेपाल आयल निगम ईन्धन भण्डारण जग्गा खरिद अनियमितता विषयमा अख्तितयार दुरूपयोग अनुसन्धान आयोगले स्थलगत अनुसन्धान सुरु गरेको छ। जग्गा खरिदका कागजात अध्ययन गर्दा कैफियत देखिएपछि अख्तियार टोलीले स्थलगत रुपमा प्रमाण संकलन थालेको हो ।

अनुसन्धान गरिरहेको आयोग टोलीले जग्गाधनी र स्थानीय सरोकालवालासँग पनि छलफल सुरू गरेको छ। जग्गा खरिदको विष्यमा प्रमाण जुटाउन अख्तियार टोली स्थलगत अनुगमनमा गएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता जीबराज कोईरालाले बताए।

‘आयाल निगमले किनेको जग्गाको विषयमा गहिराईमा पुगेर अनुसन्धान भईरहेको छ’, प्रवक्ता कोईरालाले भने, ‘आयोग टोलीले स्थलगत रुपमा प्रमाण संकलन गरिरहेको छ।’ अख्तियारले निगमले जग्गा खरिद गरदा प्रयोग गरेको कानुनी आधार, जग्गाको दररेट, भूबनोट, स्थानीयले प्राप्त गरेको रकम लगायतको विषयमा अनुसन्धान केन्द्रित गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *