दुई नगरपालिकाका लेखाप्रमुख सहित ६ जना जुवा खालबाट पक्राउ
दोलखा, १० कार्तिक । दोलखा प्रहरीले नगरपालिकाका लेखाप्रमुखसहित ६ जनालाई जुवा खालबाट पक्राउ गरेको छ । भीमेश्वर नगरपालिकाका लेखाप्रमुख सुजन सुवेदी र गौरीशंकर गाउँपालिकाका लेखापाल पुष्प बस्नेतसहित छ जनालाई प्रहरीले जुवा खेलिरहेका स्थानबाट पक्राउ गरेको हो ।
भीमेश्वर–६ चरीघ्याङस्थित ‘स्थानीय आवाज अनलाइन’का सञ्चालक राजबहादुर शिवाकोटीले पासाङदोर्जे शेर्पाको घरको कोठा भाडामा लिएर जुवा खेलाइरहेको अवस्थामा प्रहरीले जुवा खालबाट रु एक लाख छ हजार ६ सय ९५ बरामद गरी उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक अनु लामाले बताइन् ।
पक्राउ पर्नेमा भीनपा–१ का रामेश्वर गिरी र वडा नं ३ का रामकाजी लामा (दोङ), तामाकोशी गाउँपालिकाका स्वास्थ्य इन्चार्ज (स्वास्थ्यचौकी भीरकोटका इन्चार्ज) दलबहादुर खड्का र रामेछापका खिलेन्द्र खत्री रहेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५