एजेन्सी, १० कात्तिक । श्रीलंका विरुद्धको पहिलो ट्वेन्टी ट्वेन्टी क्रिकेटमा पाकिस्तान विजयी भएको छ । हिजो राती दुवइमा भएको खेलमा पाकिस्तान ७ विकेटले विजयी भएको हो । खेलमा श्रीलंकाले दिएको १ सय ३ रनको लक्ष्य पाकिस्तानले १६ बल बाँकी रहँदै ३ विकेट जाँदा भेट्टाएको हो ।
टस हारेर ब्याटिङमा आएको श्रीलंकाले १८ ओभर ३ बलमा १ सय २ रन बनाउँदा सबै विकेट गुमायो । श्रीलंकाका ७ जना खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । धनुष्का गुनथिलकाले ११ बलमा १८ रन, सदिरा सामाराविक्रमाले २३ बलमा २३ रन, सेक्कुग्गे प्रसन्नाले २३ बलमा अविजित २३ रन बनाए ।
पाकिस्तानका हसन अलीले तीन विकेट लिए । यस्तै उस्मान खान र मोहम्मद हाफिजले दुई दुई साथै इमाद वासिम, फहिम असरफ र सादब खानले एक एक विकेट लिए ।
पाकिस्तानलाई जिताउन सोहेब मलिकले ३१ बलमा अविजित ४२ रन र मोहम्मद हाफिजले २३ बलमा अविजित रहँदै २५ रन बनाए । यस्तै अहमद सेहजादले ३२ बलमा २२ रन बनाए । श्रीलंकाका बिकुम सञ्जयले दुई साथै सचिथ पाथिरानाले एक विकेट लिए ।
पहिलो ट्वेन्टी ट्वेन्टीमा श्रीलंकालाई हराउँदै पाकिस्तान विजयी
0
Share.
Comments