भक्तपुरमा आगलागी हुँदा एक जना घाइते
भक्तपुर, ६ कार्तिक । मध्यपुरथिमिमा एउटा कोठामा आज आगलागी हुँदा एक जना गम्भीर घाइते भएका छन् । सिन्धुपाल्चोक घर भई मध्यपुरथिमि नगरपालिका–६ भिमसेनस्थानस्थित एकघरमा भाडामा बस्दै आएका विदुर आले आगलागीमा परेर गम्भीर घाइते भएको र उनको उपचार कीर्तिपुरस्थित वर्न सेन्टरमा भइरहेको महानगरीय प्रहरी वृत ठिमीका प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए ।
आगलागीबाट कोठामा रहेको सम्पूर्ण सामान क्षति भएको छ । के कारणले आगलागी भयो र कति रकम बराबरको क्षति भयो भन्ने तथ्यांक आउन बाँकी रहेको प्रनाउ महर्जनले बताए । घटनाको बारेमा प्रहरीले आजैबाट अनुसन्धान शुरु गरेको पनि उनले जानकारी दिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५