लागुऔषधसहित दुई पक्राउ

भक्तपुर न्यूज

४ कार्तिक २०७४ ५:३७

लागुऔषधसहित दुई पक्राउ

नवलपरासी ४ कार्तिक । प्रहरीले लागुऔषधसहित दुई जना युवालाई सरावल गाउँपालिका – ७ भुजहवाबाट पक्राउ गरेको छ । अवैध लागुऔषध नाइट्रोभेट ३९ थानसहित नवलपरासी सरावल–३ का २० वर्षीय विशाल चौधरी र सरोज चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भुजहवा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक यमबहादुर थापाको नेतृत्वमा रहेको प्रहरी टोलीले जाँचका क्रममा भुजहवाको कुटी चोकमा भारतबाट लुकाइछिपाई लागुऔषध ल्याइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *