सिन्धुपाल्चोक, ३१ असोज । राज्यले वृद्ध वृद्धा तथा बिधवालाई दिने सामाजिक सुरक्षा भत्ताको रकम लिएर जुवा खालमा बसेका एकजना जनप्रतिनिधिलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ ।सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ का वडाध्यक्ष चित्रबहादुर तामाङलाई जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
सामाजिक सुरक्षा भत्ताको रकम लिएर जुवा खेलिरहेका तामाङलाई हिजोराति अँधेरीमा रहेको जुवाखालबाट १ लाख १५ हजार ८ सय ८० रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष तामाङले पहिले आफ्नो नाम ढाँटेर विजय तामाङ भनेका थिए ।
तर सोधपुछ गर्ने क्रममा उनी बलेफी–६ का वडाध्यक्ष रहेको पुष्टि भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बृद्ध र बिधवाभत्तालगायत सामाजिक सुरक्षा भत्ताको रकम लिएर उनी जुवाखालमा बसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीसहित पक्राउ परेका १६ जनामाथि जुवा ऐन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।
जुवा खेल्ने वडाध्यक्ष पक्राउ
0
Share.
Comments