मोरङ, ३१ असोज । मोरङमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा गएराति दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको हो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको गरेको मे ५ प ४९९९ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को ६ प ९६५९ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा ९६५९ नंको मोटरसाइकल पछाडि सवार कानेपोखरी गाउँपालिका–७ बस्ने ५६ वर्षीय शिवबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा मृत्यु भएको हो । सोही मोटरसाइकलका चालक ५७ वर्षीय विष्णुकुमार राई गम्भीर घाइते भएकाले सोही अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै, दुर्घटनामा ४९९९ नंको मोटरसाइकलका चालक झापा बाह्रदसी गाउँपालिका–४ बस्ने ३० वर्षीय सन्तबहादुर ताजपुरिया र पछाडि सवार सोही ठाउँका २४ वर्षीय किरण राजवंशी सामान्य घाइते भएका छन् । उनीहरूको बेलबारीस्थित नोबेल सामुदायिक अस्पतालमा उपचार भइरहेको पथरी इलाका प्रहरी कार्यालयले जनाएको छ ।
दुई मोटरसाइकल जुध्दा एकको मृत्यु
0
Share.
Comments