सिन्धुपाल्चोकमा जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु
सिन्धुपाल्चोक, २९ असोज । सिन्धुपाल्चोकमा बोरेलो जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । यस्तै, दुर्घटनामा चारजना घाइते भएका छन् ।
सिन्धुपाल्चोकको इन्दवती गाउँपालिका–११ भीमटार बहरेमा हिजो राति बा १५ च ३७ ४४ नम्बरको जीप दुर्घटना हुँदा चालक काभ्रेका गोकुल अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका चारजनाको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ । जीप के कारणले दुर्घटना भएको भन्ने बारे नखुलेको प्रहरीको भनाइ छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
