लागुअाैषधसहित तीन पक्राउ

भक्तपुर न्यूज

२४ असोज २०७४ ७:२४

लागुअाैषधसहित तीन पक्राउ

काठमाडौं, २४ असोज । नागढुंगा प्रहरीले लागुऔषधसहित तीन जनालार्इ पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको बारागढी गाउँपालिका १ पिप्रा वसतपुरका २४ वर्षका लक्ष्मण साह र सोही ठाउँका वर्ष २५ का जोगिन्दर सहनी रहेको प्रहरीले जनाएको छ ।
बारादेखि काठमाडौं आउँदै गरेको ना ७ ख ८७९ नं को यात्रुवाहक बसको भित्र झोलामा कम्वलभित्र लुकाएको डाइजेपाम ८५ एम्पुल, फेनार्गन ८० एम्पुल र नुर्फिन ९७ एम्पुल गरी जम्मा २६२ एम्पुल लागुऔषधसहित नियन्त्रणमा लिएको नागढुंगा प्रहरी प्रभागका इन्चार्ज प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले बताए ।
साथै उनीहरूको सहयोगमा काभ्रे नमोवुद्द ३ का २९ वर्षीय गोपाल श्रेष्ठलाई कलंकीबाट पक्राउ गरी थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको इन्चार्ज घर्तीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *