२३ घुमुवा प्रहरी एक महिनादेखि थुनामा

भक्तपुर न्यूज

१९ असोज २०७४ २:१६

२३ घुमुवा प्रहरी एक महिनादेखि थुनामा

काठमाडौं, १९ असोज । जिम्मेवारीविपरीत गतिविधिमा लागेको आरोपमा प्रदेश नं १ का विभिन्न जिल्लामा सादा पोसाकमा काम गर्ने २३ प्रहरी एक महिनादेखि थुनामा छन् । उनीहरुलाई बाहिर जान नदिई गणमा राखिएको छ ।

प्रदेश नं १ प्रहरी कार्यालयले घुमुवा प्रहरीका नामले चिनिने सादा पोसाकमा काम गर्ने प्रहरीहरुमाथि शुद्धीकरण अभियान सुरु गरेको हो । तर, ती प्रहरीहरुले भने विना कुनै कारण आफूहरुलाई घर जानसमेत नदिई थुनामा राखेर यातना दिइएको भन्दै असन्तुष्टि जनाएका छन् ।

प्रदेश प्रहरी कार्यालयले विभिन्न जिल्लामा कार्यरत २४ जना सादा पोसाकमा कार्यरत प्रहरीलाई तालिम दिएको थियो । गत २५ भदौमा उनीहरुलाई तालिम केन्द्रमा तानेर अनुशिक्षण तालिम दिइएको थियो ।

सूचना संकलनको काम प्रभावकारी रुपमा नगर्ने घुमुवा प्रहरीहरुलाई हटाएर पुनर्ताजगी तालिम दिन थालिएको प्रदेश नं १ का प्रहरी प्रमुख एआईजी पशुपति उपाध्यायले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *