बस र ट्रक ठोकिँदा एकको मृत्यु, २३ घाइते
नेपालगञ्ज१६ असोज । ना ४ ख १०९४ नम्बरकोे बस र ना २ ख ९३६० नम्बरको ट्रक ठोकिँदा एकको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । मृत्यु हुनेमा भारत रूपैडिहाका राम मनोहर शर्मा रहेको बाँके प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरूमध्ये १० जनाको अवस्था गम्भीर रहेको र एक लाई थप उपचारका लागि लखनउ रिफर गरिएको छ भने ९ जनाको मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
