ह्वात्तै बढ्यो सुनको मूल्य

भक्तपुर न्यूज

२२ माघ २०८१ १०:५८

ह्वात्तै बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ । हिजोको तुलनामा आज सुन १९ सय र चाँदी ३५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ८ सय रहेकोमा आज १९ सय रुपैयाँले बढेर १ लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, हिजो तोलाको एक हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले बढेर तोलाको एक हजार ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *