ह्वात्तै बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ । हिजोको तुलनामा आज सुन १९ सय र चाँदी ३५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ८ सय रहेकोमा आज १९ सय रुपैयाँले बढेर १ लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, हिजो तोलाको एक हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले बढेर तोलाको एक हजार ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
