आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

भक्तपुर न्यूज

२१ माघ २०८१ ११:३५

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य चाहिँ घटेको छ । हिजोको तुलनामा आज चाँदी १५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ८ सय रहेकोमा आज स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै, हिजो तोलाको एक हजार ९ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेर तोलाको एक हजार ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *