आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य चाहिँ घटेको छ । हिजोको तुलनामा आज चाँदी १५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ८ सय रहेकोमा आज स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै, हिजो तोलाको एक हजार ९ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेर तोलाको एक हजार ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
